सन् २००० मा आजकै दिन : अस्ट्रेलियाको सिड्नीमा ओलम्पिक


काठमाडौँ — सन् २००० मा आजकै दिन (सेप्टेम्बर १५) मा अस्ट्रेलियाको सिड्नीमा ओलम्पिक खेल सुरु भएको थियो । आधुनिक ओलम्पिकको २४ औं संस्करण सेप्टेम्बर १५ देखि अक्टोबर १ सम्म भएको थियो ।


उक्त खेलमा १ सय ९९ देशका करिब ११ हजार प्रतियोगी सहभागी थिए । उनीहरूले तीन सय विधाका ९ सय २८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सबैभन्दा बढी पदक अमेरिकाले जितेको थियो ।
अमेरिकाले ३७ स्वर्ण, २४ रजत र ३२ कांस्यसहित कुल ९३ पदक जितेको थियो । त्यस्तै, दोस्रो स्थानमा रहेको रुसले ३२ स्वर्ण, २८ रजत र २९ कांस्यसहित कुल ८९ पदक हात पारेको थियो । २८ स्वर्ण, १६ रजत र १४ कांस्य जितेको चीन तेस्रो स्थानमा रहेको थियो । १६ स्वर्ण, २५ रजत र १७ कांस्य जित्दै आयोजक अस्ट्रेलिया चौथो भएको थियो ।
प्रकाशित : भाद्र २९, २०८० ०७:२७