आजकै दिन : पेट्रोनास टावर खुला 

श्रावण १६, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९९ मा आजकै दिन (अगस्ट १) मा मलेसियाको राजधानी क्वालालम्पुरमा निर्माण गरिएको पेट्रोनास ट्वीन टावर खुला गरिएको थियो । मलेसियाली प्रधानमन्त्री महाथिर मोहमदले औपचारिक रूपमा टावर खुला गरेका थिए ।

त्यतिबेला पेट्रोनास विश्वको सबैभन्दा अग्लो टावर थियो । यसको निर्माण १९९२ को जनवरीमा सुरु गरिएको थियो । करिब सात वर्ष लगाएर निर्माण गरिएको ४५१.९ मिटर अग्लो टावरमा ८८ तला छन् । 

टावर हाल मलेसियाको पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा चर्चित छ । ४१ र ४२ औं तलामा बनाइएको ५८ मिटर लामो पुलले ट्वीन टावरलाई जोडेको छ । टावरमा हाल मलेसियाको तेल तथा ग्यास कम्पनी पेट्रोनाससँगै माइक्रोसफ्ट, ब्लुमबर्ग, आईबीएम, अल जजिरा, रोयटर्सलगायतका कार्यालय छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully