२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

आजकै दिन : बेलायतमा दोस्रो महिला प्रधानमन्त्री

काठमाडौँ — सन् २०१६ मा आजकै दिन (जुलाई १३) मा बेलायतको प्रधानमन्त्रीमा थेरेसा मे निर्वाचित भएकी थिइन् । उनी बेलायतको दोस्रो महिला प्रधानमन्त्री हुन् ।

आजकै दिन : बेलायतमा दोस्रो महिला प्रधानमन्त्री

कन्जरभेटिभ पार्टीका नेता बन्ने दौडबाट एन्ड्रिअ लिडसमले हात झिकेपछि मे प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् ।

२०१० देखि ६ वर्ष बेलायतको प्रधानमन्त्री रहेका डेभिड क्यामरुनले राजीनामा दिएपछि पार्टीको नयाँ नेता चयन गरिएको थियो । २०१६ को जुन २३ मा भएको जनमतसंग्रहमा ५१.९ प्रतिशत बेलायतीले युरोपेली संघ (ईयू) छाड्ने पक्षमा मत दिएपछि क्यामरुनले राजीनामा दिएका थिए । क्यामरुन मन्त्रिपरिषद्मा मे गृहमन्त्री थिइन् ।

सन् १९५६ मा जन्मिएकी मेले ३० वर्षको उमेरमा राजनीतिक करिअर सुरु गरेकी थिइन् । उनी २०१९ को जुलाईसम्म बेलायतको प्रधानमन्त्री थिइन् । बेलायती संसद्‌मा दुई पटकसम्म उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको थियो । तर ईयूबाट बेलायतको बहिर्गनम (ब्रेक्जिट) सम्बन्धी उनको मस्यौदा प्रस्ताव बेलायती संसद्बाट तीन पटकसम्म असफल भएपछि मे राजीनामा दिन बाध्य भएकी थिइन् ।

त्यसपछि प्रधानमन्त्री बनेका बोरिस जोन्सनको नेतृत्वमा बेलायत २०२० को जनवरी ३१ बाट ईयूबाट अलग भएको हो । मे मन्त्रिपरिषद्मा जोन्सन गृहमन्त्री थिए ।

प्रकाशित : असार २८, २०८० ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?