आजकै दिन : जिबुटी फ्रान्सबाट स्वतन्त्र

असार १२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९७७ मा आजकै दिन (जुन २७) मा दक्षिण अफ्रिकी देश जिबुटी फ्रान्सबाट स्वतन्त्र भएको थियो । १९७७ को मे ८ मा भएको जनमत संग्रहको नतिजाअनुसार जिबुटीले स्वतन्त्रता हासिल गरेको हो ।

जनमत संग्रहमा ९८.८ प्रतिशत जनताले स्वतन्त्रताको पक्षमा मत जाहेर गरेका थिए । त्यसअघि १९५८ र १९६७ मा भएका जनमत संग्रहले स्वतन्त्रता अस्वीकार गरिदिएका थिए ।

१८९६ देखि १९६७ सम्म सोमालिल्यान्ड र १९६७ देखि स्वतन्त्र हुनुअघिसम्म फ्रेन्च टेरिटोरी अफ अफार्स एन्ड इसासले चिनिने देशले स्वतन्त्रतासँगै जिबुटी नाम पाएको हो । जिबुटीका उत्तरतर्फ इरिट्रिया, पश्चिम र दक्षिण पश्चिममा इथियोपिया र दक्षिणमा सोमालिया छन् । २३ हजार २ सय वर्गकिमि क्षेत्रफल रहेको जिबुटीको जनसंख्या करिब दस लाख छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully