सुशान्तको ‘सारंगी’

असार ११, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक सुशान्त केसीले आफ्नै शब्द र स्वरमा नयाँ गीत ‘सारंगी’ सार्वजनिक गरेका छन् । गीत सुशान्तको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले आइतबार साँझसम्म ७ लाख ५० हजारभन्दा बढी भ्युज पाइसकेको छ । 

शनिबार साँझ सार्वजनिक गीत युट्युबको ट्रेन्डिङमा म्युजिकतर्फ दुई नम्बरमा आएको छ । योसँगै समीक्षा अधिकारीको स्वरको ‘आफ्ना आफ्ना दुःख’ ट्रेन्डिङमा तेस्रोमा ओर्लेको छ । पहिलो स्थानमा दुई साताअघि सार्वजनिक ओशिष थापाको ‘भिखारी’ छ । 

गौरवकुमार तामाङको निर्देशनमा तयार गीतको भिडियो निकै रोमान्टिक छ । अनुप सापकोटा र आना शर्माको कन्सेप्टमा तयार भिडियोमा सुशान्तलाई आनाले साथ दिएकी छन् । होटल याक एन्ड यती, हिमालयन जाभालगायत स्थानमा खिचिएको भिडियोको सहनिर्देशन प्रशान्त थापाले गरेका हुन् । शशांक थापा र कुशल जोशीले खिचेको फिल्मको सम्पादन अनुप सापकोटा र गौरवकुमार तामाङले गरेका हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully