आजकै दिन : एम्नेस्टीको स्थापना

काठमाडौँ — सन् १९६१ मा आजकै दिन (मे २८) मा एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको थियो । अधिवक्ता पिटर बेनेन्सनले बेलायतको राजधानी लन्डनमा संस्थाको स्थापना गरेका हुन् । 

आजकै दिन : एम्नेस्टीको स्थापना

अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउने दुई जनालाई बेलायत सरकारले थुनामा राखेपछि बेनेन्सनले आममाफीका विषयमा एक लेख लेखेका थिए । त्यससँगै बेलायतसहित विभिन्न युरोपेली देशका राजनीतिक तथा धार्मिक बन्दीका पक्षमा अपिल फर एम्नेस्टी (आममाफी) अभियान सुरु भयो । उक्त अभियानका क्रममा मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको हो । संस्थाको विस्तारलाई अन्य देशले

पनि मान्यता दिन थालेपछि राष्ट्रसंघ, युनेस्को, युरोपेली संघलगायतले एम्नेस्टीलाई सल्लाहकार राखेका थिए ।

यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हो । हाल यो १ सय ५० देशमा क्रियाशील रहेको छ, जसमा विश्वका एक करोडभन्दा बढी अभियन्ता जोडिएको जनाइएको छ । नेपालमा भने सन् १९७९ मा एम्नेस्टी सुरु भएको थियो । तर १९८२ मा यसको मान्यता खारेज गरिएको थियो । तर नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि सन् १९९० मा पुनःस्थापित भएको हो ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?