कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
आजकै दिन

माइकल र सोनीबीच सम्झौता

काठमाडौँ — सन् १९९१ मा आजकै दिन (मार्च २०) मा अमेरिकी गायक माइकल ज्याक्सनले सोनी कम्पनीसँग ६५ मिलियन अमेरिकी डलर बराबरको सम्झौता गरेका थिए । 

माइकल र सोनीबीच सम्झौता

सांगीतिक करिअर निकै शिखरमा पुगेका बेला १९८५ मा ज्याक्सनले प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा हारेपछि एटीभी म्युजिकलाई ४७.५ मिलियन अमेरिकी डलर तिर्नुपरेको थियो । बिटल्स ब्यान्डका जोन लेनन र पल म्याककार्टनीले लेखेका गीतहरूको प्रयोगका विषयमा उनले जरिवाना तिरेका थिए । निकै विलासितापूर्ण जीवन निर्वाह गर्ने ज्याक्सनले सोनीसँग सम्झौता गरेको दुई वर्षपछि १३ वर्षीय बालकका बाबुआमाले बालयौन दुराचारमा मुद्दा दायर गरेपछि त्यसलाई मिलाउन २२ मिलियन अमेरिकी डलर तिरेका थिए ।

त्यस्तै कतिपय व्यक्ति तथा मनोरन्जन कम्पनीले तिर्नुपर्ने पैसा नतिरेको वा सम्झौताअनुसार कार्यक्रम नगरेको भन्दै ज्याक्सनविरुद्ध मुद्दा दायर गरेका थिए । जसका कारण जीवनको पछिल्लो समय ज्याक्सन आर्थिक अभावबाट गुज्रिन बाध्य भएका थिए । २००१ मा उनले बैंक अफ अमेरिकाबाट दुई सय मिलियन ऋण लिएका थिए ।

द गार्जियनका अनुसार २००९ को जुन २५ मा मृत्यु हुँदाका बेला ज्याक्सनले विभिन्न व्यक्ति तथा कम्पनीलाई करिब पाँच सय मिलियन अमेरिकी डलर तिर्नुपर्ने थियो । १९५८ को अगस्ट २९ मा अमेरिकाको इन्डियानामा जन्मिएका ज्याक्सनको लस एन्जल्समा मृत्यु भएको थियो । उनले ‘अफ द वाल’, ‘थ्रिलर’, ‘ब्याड’, ‘डेन्जरस’, ‘इन्भिन्सिबल’ लगायतका निकै लोकप्रिय एल्बम बजारमा ल्याएका थिए । ज्याक्सनका १० करोड प्रतिभन्दा बढी एल्मब बिक्री भएको बताइन्छ ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?