एयरबसको नाफा एक वर्षमा ४ अर्ब ५० करोड डलर

फाल्गुन ५, २०७९

एजेन्सी

पेरिस — युरोपेली विमान निर्माता कम्पनी एयरबसले आपूर्ति शृंखलाको समस्याका कारण उत्पादन बढाउने क्षमतामा कमी आए पनि सन् २०२२ को नाफा कीर्तिमानी स्तरमा पुगेको जनाएको छ ।

एयरबसले गत वर्ष ६ सय ६१ वटा विमान मात्र ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाएको भए पनि खुद नाफा एक प्रतिशतले बढेर चार अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ ।

महामारीको समयमा एयरलाइन्सहरू यात्रा प्रतिबन्धका कारण अधिकांश उडानहरू रोक्न बाध्य भएका समय एयरबसले उत्पादन कटौती गरेको थियो । कम्पनीले महामारीका समयमा परेको आर्थिक बोझ चाँडै सन्तुलित गर्ने विश्वास गरेको छ । विश्वभर यातायात सेवामा सुधार भइरहेको र एयरलाइन्सले उच्च इन्धनको मूल्यलाई ध्यानमा राख्दै इन्धन–कुशल विमानको खरिद बढाउन खोजिरहेको छ । 

‘प्रतिकूल सञ्चालन वातावरणका बावजुद हामीले हाम्रो आपूर्ति शृंखला अपेक्षा गरेको गतिमा सुधार गर्नबाट रोकेको र ठोस वित्तीय विश्वास प्रदान गरेका छौं,’ एयरबसका प्रमुख कार्यकारी गुइलाउम फाउरीले भने । एयरबसले सन् २०२३ मा ७ सय २० वटा विमान बजारमा ल्याउने लक्ष्य राखेको छ ।

युवा ग्यालरी

एजेन्सी

Link copied successfully