१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
आजकै दिन

चर्चिलको मृत्यु

काठमाडौँ — सन् १९६५ मा आजकै दिन (जनवरी २४) मा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु भएको थियो । उनी दुई पटक बेलायतको प्रधानमन्त्री भएका थिए । चर्चिल एक प्रेरणादायी राजनेता, लेखक तथा वक्ताका रूपमा विश्वप्रसिद्ध चर्चिल दुई कार्यकाल बेलायतको प्रधानमन्त्री बनेका थिए । 

चर्चिलको मृत्यु

चर्चिल मानिसहरूलाई प्रभावित पार्न सक्ने अद्भुत क्षमता, रणनीतिक चातुर्यता र अद्वितीय व्यक्तित्वका कारण विश्वभर चर्चित थिए । चर्चिल पहिलो पटक दोस्रो विश्वयुद्धका बेला १९४० देखि १९४५ सम्म र दोस्रो पटक १९५१ देखि १९५५ सम्म बेलायतको प्रधानमन्त्री थिए ।

उनी सन् १९०० देखि १९६४ सम्म ५५ वर्ष बेलायतको सांसद थिए । १९०४ देखि १९२४ सम्म लिबरल पार्टीका सदस्य रहेका चर्चिलले १९४० देखि १९५५ सम्म कन्जरभेटिभ पार्टीको नेतृत्व सम्हालेका थिए । सांसदका रूपमा उनको कार्यकालमा बेलायतमा भिक्टोरिया, एडवार्ड सातौं, जर्ज पाँचौं, एडवार्ड तेस्रो, जर्ज छैटौं र एलिजाबेथ द्वितीयसहित ६ जना राष्ट्रप्रमुख थिए ।

बेलायतको अक्सफोर्ड सायरमा १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिल १८९५ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका थिए । ब्रिटिस इन्डिया, एंग्लो सुडान तथा दोस्रो बोएर युद्धको अनुभव लिएका चर्चिल युद्धसम्बन्धी रिपोर्टका कारणसमेत चर्चित बनेका थिए ।

‘ओ माई गड’ को संक्षिप्त रूपमा ‘ओएमजी’ पहिलो पटक विन्स्टन चर्चिललाई लेखिएको पत्रमा प्रयोग भएको थियो । १९१७ को सेप्टेम्बर ९ मा लर्ड फिसरले चर्चिललाई लेखेको पत्रमा ओएमजी लेखिएको थियो ।

चर्चिलको १९६५ को जनवरी २४ मा स्ट्रोकका कारण बेलायतको राजधानी लन्डनको हाइड पार्कस्थित आफ्नो निवासमा मृत्यु भएको थियो । आफ्नो जीवनकालमा चर्चिललाई ८ पटक स्ट्रोक भएको थियो । पछिल्लो पटक जनवरी १५ मा स्ट्रोक भएको थियो । त्यसको ९ दिनपछि उनको मृत्युको भएको हो ।

प्रकाशित : माघ १०, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?