कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

भारतले खोप निर्यात खुलाउँदै

नयाँदिल्ली — कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोकलाई भारतले अक्टोबरदेखि खुलाउने तयारी गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले अर्को महिनाबाट ‘भ्याक्सिन मैत्री’ कार्यक्रम थालिने बताएका हुन् । 

भारतले खोप निर्यात खुलाउँदै

सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै उनले खोप निर्यात खुलाउने तयारी रहेको बताएका छन् । देशभित्र आफ्ना नागरिकलाई खोप लगाउने विषय पहिलो प्राथमिकतामा रहेको र त्यसमा सफलता प्राप्त भइरहेको उल्लेख गरे । अक्टोबरमा ३० करोडभन्दा बढी र अर्को महिनामा एक सय करोड खोपको मात्रा भारत सरकारले प्राप्त गर्ने जानकारी उनले दिए ।

अहिलेसम्म भारतमा खोप ८१ करोडभन्दा बढी मात्रा खपत भइसकेको उनले बताएका छन् । अब आफूलाईभन्दा बढी हुने खोप अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाभित्र विभिन्न देशमा निर्यात गरिने उनले उल्लेख गरेका छन् । ‘भ्याक्सिन मैत्री’ कार्यक्रमलाई प्रारम्भ गरिने र त्यसअन्तर्गत आवश्यक भएका देशलाई भ्याक्सिन निर्यात गरिने उनले जानकारी दिएका छन् ।

अप्रिलसम्ममा ९० देशलाई ६ करोड बढी मात्रा निर्यात गरेको थियो तर दोस्रो लहर बढेपछि रोक लगाएको थियो । त्यही बेला नेपालले भारतसँग खरिद गरिसकेको १० लाख कोभिसिल्ड खोप अहिलेसम्म पाउन सकेको छैन ।

प्रकाशित : आश्विन ५, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?