थपिए ९७५ कोरोना संक्रमित, २ हजार ९५७ संक्रमणमुक्त

आश्विन ४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार देशभर गरी ९७५ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । 

यस्तै २४ घण्टामा २ हजार ९५७ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ५२ हजार १७० रहेको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । 

हालसम्म पीसीआर परीक्षण ४१ लाख ३ हजार ८८६ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ र २६४ जना क्वारेन्टाइनमा रहेका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully