कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

२४ घण्टामा ८३५ संक्रमित थपिए

काठमाडौँ — पछिल्लो २४ घण्टामा शनिबार नेपालमा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० जनाको पीसीआर परीक्षण गर्दा ८३५ जनामा कोरोना संक्रमण देखिएको हो । 

२४ घण्टामा ८३५ संक्रमित थपिए

यस्तै, २ हजार ८१८ वटा एन्टिजेन परीक्षणमा २३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ७ लाख ८३ हजार ९१० पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा १२ सय ३४ जना निको भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ११ हजार २८ पुगेको छ ।

हाल देशभर २५ हजार ८२ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : आश्विन २, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?