कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा १ हजार १८० जना कोरोना संक्रमित थपिए, १ हजार ५८९ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार २६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा १ हजार १८० जना कोरोना संक्रमित थपिए, १ हजार ५८९ संक्रमणमुक्त

यस्तै, ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । १९ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ छ ।

हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७९ हजार ४९२ जनामा संक्रमण भएको छ भने ७ लाख ४२ हजार ३०६ जना निको भएका छन् । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?