२४ घण्टामा ७७७ जना कोरोना संक्रमित थपिए

काठमाडौँ — पछिल्लो २४ घण्टामा ७७७ जनामा कोरोना संक्रमण देखिएको छ । ६ हजार १३७ जनाको पीसीआर परीक्षण गर्दा ७७७जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा ७७७ जना कोरोना संक्रमित थपिए

यस्तै, ३ हजार ७०३ एन्टिजेन परीक्षण गर्दा २१७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ छ ।

हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७६ हजार ३२५ जनामा संक्रमण भएको छ भने ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । यस्तै,कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

प्रकाशित : भाद्र २६, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?