१ हजार ६६० कोरोनामुक्त, थपिए ९६१ संक्रमित

भाद्र २५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा ९६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षणमा शुक्रबार थप ९६१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७५ हजार ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ३६७ परीक्षणबाट १८५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ९१६ परीक्षणमा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ९२४ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully