कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थपिए १ हजार ४२३ कोरोना संक्रमित, २ हजार ७२ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ४२३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ४२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७२ हजार १८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिए १ हजार ४२३ कोरोना संक्रमित, २ हजार ७२ संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९२३ परीक्षणबाट २५४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३४ परीक्षणमा १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ३१ हजार छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ८७९ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९७६ रहेको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?