थपिए १ हजार ४८८ कोरोना संक्रमित, १ हजार ७४३ संक्रमणमुक्त- समाचार - कान्तिपुर समाचार

थपिए १ हजार ४८८ कोरोना संक्रमित, १ हजार ७४३ संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ४८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७० हजार ७५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ३७० परीक्षणबाट ४०९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ९७९ परीक्षणमा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ८५८ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९७६ रहेको छ ।

प्रकाशित : भाद्र २१, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता गठबन्धन दलकै भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धन नेकपा(एस)को भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा(एस) निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । उक्त विषयलाई लिएर मन्त्रालयले आइतबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएको थियो ।

पुत्ला दहनको विषयलाई लिँदै आइतबार गृह मन्त्रालयले 'मित्र राष्ट्रका प्रधानमन्त्रीको आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको' भन्दै विज्ञप्ति निकालेको थियो ।

प्रकाशित : भाद्र २१, २०७८ १७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×