२४ घण्टामा कोरोनाबाट थप १३ सय ४७ जना संक्रमित

भाद्र २३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङमा ९ हजार ७६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३४७ र ३ हजार ६८८ जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ ।  यस्तै, २४ घण्टामा २ हजार १६१ जना निको भएर घर फर्किएका छन् । देशभर हालसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ छ । यस्तै २५६ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully