कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

२४ घण्टामा १ हजार १४९ जना कोरोना संक्रमित थपिए, १ हजार २६० संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार १४९ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा १ हजार १४९ जना कोरोना संक्रमित थपिए, १ हजार २६० संक्रमणमुक्त

यस्तै, ४ हजार ७ एन्टिजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १ हजार २६० जना संक्रमणमुक्त भएका छन् । १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३० छ ।

हालसम्म नेपालमा कोरोनाबाट ७ लाख ७८ हजार ३१२ जनामा संक्रमण भएको छ भने ७ लाख ४० हजार ७१७ जना निको भएका छन् । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

प्रकाशित : भाद्र २८, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?