कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जर्मनी, बेल्जियमलगायतका युरोपेली मुलुकमा बाढीको कहर : १२० भन्दा बढीको मृत्यु 

जर्मनीमा मात्रै करिब १ सय जनाको मृत्यु

काठमाडौँ — युरोपका विभिन्न मुलुकका निरन्तरको वर्षापछि आएको बाढीका कारण १२० जनाभन्दा बढीको मृत्यु भएको छ । जर्मनी, बेल्जियमलगायतका मुलुकका अहिले पनि करिब १ सय जना हराइरहेको बीबीसीले जनाएको छ । 

जर्मनी, बेल्जियमलगायतका युरोपेली मुलुकमा बाढीको कहर : १२० भन्दा बढीको मृत्यु 

जर्मनीमा मात्रै १ सयभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रपति फ्रांक वाल्टर स्टेइनमेयरले धेरैले आफूले जीवनभर कमाएको गुमाएको र डरलाग्दो प्रकोपको सामना गर्नुपरेको बताएका छन् । जर्मनीमा राइनल्यान्ड–प्यालाटिनेट र नर्थ राइन–वेस्टफालिया सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण सञ्चारसम्पर्क विच्छेद भएकाले उद्धार र राहतमा समस्या भएको जर्मन अधिकारीहरूले बताएका छन् ।

तस्बिर : रोयटर्स

करिब ७ सय जनसंख्या रहेको गाउँ शोल्डमा बाढीका कारण पूर्ण रुपमा क्षति पुगेको छ । बेल्जियन सीमामा रहेको एउटा ठूलो बाँधमा पनि जलसतह निकै बढेको सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै स्विजरल्यान्ड, लक्जेमबर्ग र नेदरल्यान्ड्समा पनि भारी वर्षा भइरहेको छ । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले मुलुकको दक्षिणी प्रान्तमा राष्ट्रिय विपद् घोषणा गरेका छन् । युरोपेली नेताहरूले जलवायु परिवर्तनका कारण भारी वर्षा र बाढीको प्रकोप आएको बताएका छन् । विज्ञहरूले अनुसार जलवायु परिवर्तनका कारण युरोपमा मुसलधारे वर्षा हुने बताएका छन् । औद्योगिक युग सुरु भएपछि विश्वको तापक्रम १.२ डिग्री सेल्सियसले बढिसकेको छ ।

तस्बिर : रोयटर्स

युरोपका यी क्षेत्रमा दशकौंपछि यति ठूलो बाढी आएको बताइएको छ ।

प्रकाशित : श्रावण २, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?