दाङको देउखुरी क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डोटीको खुटिया खोलामा जलसतहले खतरा तह पार गर्‍यो

असार ३१, २०७८

इकान्तिपुर डेस्क

काठमाडौँ — बाढी पूर्वानुमान महाशाखाले दाङको देउखुरी क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो ३ घण्टादेखि उक्त क्षेत्रमा भारी वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

उक्त क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने  क्षेत्रहरूमा दिउँसोसम्मै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

त्यस्तै डोटीको खुटिया खोला मुदिभारमा आकस्मिक बहाव भई जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्रहरूमा दिउँसोसम्म सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही  प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम  वर्षा भइरहेको छ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले साथै प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना पनि रहेकोले  पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ३१ गते ( बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको छ।

२०७८ साउन १ गते ( शुक्रबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई  स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर-पश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको छ।

२०७८ साउन २ गते ( शनिबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको छ।

बाढी-पहिरो

इकान्तिपुर

Link copied successfully