म्यान्मारका सेना प्रमुख जाकार्ता पुगे

एजेन्सी

जाकार्ता/यांगुन — म्यान्मारका सेना प्रमुख मिन आङ ह्लाइङले सैनिक ‘कु’ पछि पहिलो पटक विदेश भ्रमण गरेका छन् । ह्लाइङ दक्षिण पूर्वी एसियाली देशहरूको संगठन (आसियान) को सम्मेलनमा भाग लिन शनिबार इन्डोनेसियाको राजधानी जाकार्ता पुगेका हुन् । 

म्यान्मारका सेना प्रमुख जाकार्ता पुगे

म्यान्मारको सेनाले सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै गत फेब्रुअरीमा सत्ता कब्जा गरेको हो । त्यसयता भएका प्रदर्शनहरूमा सेनाले चरम दमन गरेपछि कम्तीमा ७ सय जनाको ज्यान गइसकेको छ । सैनिक शासनको विरोध गर्दै आएका म्यान्मारका प्रदर्शनकारीले लोकतन्त्रको पुनर्बहाली र पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गरेका हुन् ।

जाकार्तामा हुने वार्तामा ह्लाइङले आफ्नो देशभित्र जारी संकट र आफ्नो कदमबारे अन्तर्राष्ट्रिय मञ्चमा बचाउ गर्ने अनुमान गरिएको छ । अधिकारवादीहरूले सेना प्रमुख जाकार्तामा ह्लाइङको विरोधमा प्रदर्शनहरू गर्न आह्वान गरेका बीबीसीले उल्लेख गरेको छ । मलेसियाका प्रधानमन्त्री मोहिउद्दिन यासिनले म्यान्मारको हिंसा अन्त्य गर्न तथा राजनीतिक बन्दीलाई बिनासर्त रिहा गरिनुपर्ने बताएका छन् ।

‘म्यान्मारमा जारी दयनीय अवस्था तत्काल रोकिनुपर्छ,’ उनले संवाददाताहरूसँग भने । त्यसैगरी इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले ‘म्यान्मारको अवस्था अस्वीकार्य’ भएको जनाउँदै ‘हिंसा अन्त्य हुनुपर्ने’ बताएका छन् ।

प्रकाशित : वैशाख १२, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?