१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा एकैदिन ९३ हजारभन्दा बढीलाई कोरोना, ५ सयको मृत्यु

काठमाडौँ — भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण निकै तीव्र बन्दै गइरहेको छ । पछिल्लो समय भारतलाई कोरोना संक्रमणको हटस्पटका रुपमा हेर्न थालिएको छ ।

भारतमा एकैदिन ९३ हजारभन्दा बढीलाई कोरोना, ५ सयको मृत्यु

शनिबार मात्रै भारतमा ९३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै शनिबार कोरोना संक्रमणबाट भारतमा थप ५ सयको मृत्यु भएको छ । यो संख्या शनिबारको तथ्यांकबमोजिम विश्वकै बढी हो ।

भारतमा डिसेम्बर ४ यता एकैदिन कोरोनाबाट मृत्यु हुनेको यो उच्च संख्या हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २४ लाख पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड १६ लाख निको भएका छन् ।

भारतमा पछिल्लो एक हप्तामा कोरोना संक्रमणको नयाँ केसको औसत हेर्ने हो भने पनि त्यो विश्वकै बढी देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन कोरोनाबाट ९० हजारभन्दा बढी संक्रमित गत सेप्टेम्बर महिनामा पुष्टि भएको थियो । त्यस्तै गत नोभेम्बर–डिसेम्बर महिनामा एकैदिन कोरोनाबाट मृत्यु हुनेको संख्याको ५ सय पुगेको थियो ।

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै तेस्रो स्थानमा छ । जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा भन्दा ब्राजिलमा झण्डै ६ लाख बढी संक्रमित छन् भने पहिलो स्थानमा रहेको अमेरिकामा ३ करोड ६ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : चैत्र २२, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?