कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कोरोना संक्रमणपछि सचिन तेन्दुलकर अस्पताल भर्ना

काठमाडौँ — कोरोना संक्रमणपछि भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । सचिनले ट्वीट गर्दै चिकित्सकको सल्लाहअनुसार पूर्वसावधानी अपनाउन आफू अस्पताल भर्ना भएको बताएका छन् ।

कोरोना संक्रमणपछि सचिन तेन्दुलकर अस्पताल भर्ना

सचिनले लेखेका छन्, ‘चिकित्सकीय सल्लाहबमोजिक अस्पताल भर्ना भएको छु । मलाई आशा छ केही दिनमै घर फर्कनेछु । सबै जनाले आफ्नो ख्याल राख्नुहोला, सुरक्षित रहनुहोला ।’

सचिनले भारतीय क्रिकेट टिमले सन् २०११ मा विश्वकप जितेको १० वर्ष पूरा भएकोमा पनि बधाई दिएका छन् । सन २०११ मा आजकै दिन भारतीय क्रिकेट टिमले विश्वकप फाइनलमा श्रीलंकालाई हराएर उपाधि चुमेको थियो ।

यसअघि सचिनले शनिबार ट्वीटमार्फत नै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । उनले कोरोना संक्रमण हुनुअघि सामान्य लक्षणहरु देखा परेको बताएका थिए । त्यस्तै आफूलाई संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको उनले बताएका थिए ।

प्रकाशित : चैत्र २०, २०७७ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?