सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

काठमाडौँ — भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

तेन्दुलकरले आफूलाई शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको ट्वीटमार्फत बताएका छन् । कोरोना संक्रमण हुनुअघि सामान्य लक्षणहरु देखा परेको उनले बताएका छन् । आफूलाई संक्रमण पोजिटिभ भए पनि परिवारका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको उनले उल्लेख गरेका छन् ।

उनले आवश्यक स्वास्थ्य सतर्कता अपनाएको पनि बताएका छन् । उनी घरमै होम क्वारेन्टाइनमै रहेर डाक्टरले दिएका सुझावहरु अनुसरण गरिरहेको बताएका छन् ।

प्रकाशित : चैत्र १४, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?