सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

चैत्र १४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तेन्दुलकरले आफूलाई शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको ट्वीटमार्फत बताएका छन् । कोरोना संक्रमण हुनुअघि सामान्य लक्षणहरु देखा परेको उनले बताएका छन् । आफूलाई संक्रमण पोजिटिभ भए पनि परिवारका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको उनले उल्लेख गरेका छन् ।

उनले आवश्यक स्वास्थ्य सतर्कता अपनाएको पनि बताएका छन् । उनी घरमै होम क्वारेन्टाइनमै रहेर डाक्टरले दिएका सुझावहरु अनुसरण गरिरहेको बताएका छन् ।

कान्तिपुर

Link copied successfully