कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारीका बीच चिनियाँ जीडीपीमा उल्लेख्य सुधार

काठमाडौँ — कोरोना महामारीका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र चौपट भएको छ । तर कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको अर्थतन्त्रमा भने सुधार देखिएको छ ।

कोरोना महामारीका बीच चिनियाँ जीडीपीमा उल्लेख्य सुधार

सन् २०२० को अन्तिम त्रैमासिकमा चिनियाँ अर्थतन्त्रमा निकै सुधार आएको बताइएको छ । सोमबार चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० चीनको कुल गार्हस्थ उत्पादन(जीडीपी) मा २.३ प्रतिशतले वृद्धि भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ठूला अर्थतन्त्र भएका मुलुकमध्ये सुधार गर्ने देश चीन मात्रै हो । कोरोना महामारीले दिएको धक्का, अमेरिका र भारतसँगको व्यापारिक द्वन्द्वका बाबजुद चीनले अर्थतन्त्रमा निकै सुधार गर्दै सबैलाई आश्चर्यचकित बनाइदिएको छ ।

राष्ट्रिष्य तथ्यांक विभागको तथ्यांकअनुसार सन् २०२० को अन्तिम त्रैमासिकमा चीनको जीडीपीमा ६.५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै तेस्रो त्रैमासिकमा यो वृद्धिदर ४.९ प्रतिशत थियो । कोरोना महामारी र लकडाउनका बीच सन् २०२० को पहिलो तीन महिनामा चिनियाँ अर्थव्यवस्थामा ६.८ प्रतिशतसम्म गिरावट आएको थियो ।

चीनले कोरोना महामारीका बीच आपत्कालीन सहायतालाई बढाउँदै अर्थतन्त्रलाई लयमा फर्काउने प्रयत्न गरेको थियो । सांघाईस्थित एएनजेड बैंकका अर्थशास्त्री जिङ चाओपेङले भने, ‘आशा गरेभन्दा बढ्दो जीडीपीले विविध क्षेत्रमा वृद्धि भइरहेको देखाउँछ । यसका बाबजुद पनि केही क्षेत्र अहिले पनि सुधारोन्मुख नै छ ।’

सोमबार सार्वजनिक भएको तथ्यांकबमोजिम सन् २०२० को अन्तिम त्रैमासिकमा चीनको औद्योगिक उत्पादनमा ७.३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै रिटेल क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको थियो । केही अर्थशास्त्रीहरुले सन् २०२१ मा चिनियाँ अर्थतन्त्र तीव्र गतिमा वृद्धि हुने आकलन गरेका छन् । तर कोरोना महामारीको खतरा अझै नसकिएको र भारत र अमेरिकाजस्ता मुलुकसँग तनाव कायमै रहेकाले भने चीनलाई चुनौती थपिने बताइएको छ ।

चीनले पछिल्लो समय उल्लेख्य मात्रामा स्वास्थ्य सामग्री उत्पादन तथा निर्यात गरेको छ । विश्लेषकहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा चिनियाँ मुद्रा युआन बलियो भए पनि चिनियाँ सामग्रीको बिक्री बढिरहेको छ । युहान बलियो हुँदै जाँदा निर्यात महँगो हुनेछ ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सन् २०२० मा आशा गरेभन्दा बढी निर्यात भएको छ । सन् २०२९० मा चीनले कुल ३२.१६ ट्रिलियन युआन बराबरका विभिन्न सामान निर्यात गरेको छ ।

प्रकाशित : माघ ५, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?