कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अमेरिकामा कोरोनाबाट एकैदिन ४ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ — अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ हजारभन्दा बढी मृत्यु भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार मंगलबार कोरोनाका कारण अमेरिकामा ४ हजार १ सय ९७ जनाको मृत्यु भएको हो ।

अमेरिकामा कोरोनाबाट एकैदिन ४ हजारभन्दा बढीको मृत्यु

मंगलबारको पूरा तथ्यांक आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने सीएनएनले जनाएको छ । अमेरिकामा पछिल्ला केही दिन यता औसतमा ३ हजार २ सय ३३ जनाको कोरोनाबाट मृत्यु भइरहेको छ । त्यस्तै पछिल्ला ७ दिनमा लगातार २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्रै अमेरिकामा २ लाख ४ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमबार अमेरिकामा कोरोनाबाट १ हजार ७ सय ३१ जनाको मृत्यु भएको थियो । अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघेको छ भने २ करोड २८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाविरुद्ध दुई वटा खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । मोडर्ना र फाइजर–बायोएनटेकको गरी अमेरिकामा २ करोड ५४ लाखभन्दा बढी डोज कोरोना खोप वितरण भइसकेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ९ करोड १५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ५ करोड ५ लाखभन्दा बढी निको भएका छन् । त्यस्तै कोरोनाका कारण अहिलेसम्म १९ लाख ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : पुस २९, २०७७ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?