जापानमा तीन वर्षयताकै उच्च बेरोजगारी



टोकियो — जापानको बेरोजगार दर अक्टोबरमा तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

बेरोजगार दर वृद्धि हुनुलाई कोभिड–१९ को महामारीका कारण व्यावसायिक गतिविधिमा नकारात्मक असर परेकाले रोजगारीका क्षेत्र प्रभावित भएको जनाइएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अक्टोबरमा मात्रै ८० हजार जनाले रोजगारी गुमाएका छन् । योसँगै बेरोजगारहरूको संख्या २१ लाख ४० हजार पुगेको छ ।
जापानमा सेप्टेम्बरको तुलनामा अक्टोबरमा पुरुषतर्फको बेरोजगारी ०.२ प्रतिशतले वृद्धि भएको हो । तर महिलातर्फको बेरोजगारी दरमा भने कुनै परिवर्तन नदेखिएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ ।
प्रकाशित : मंसिर १७, २०७७ ०८:४६