काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ३० कोरोना संक्रमित

मंसिर १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४ सय ९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार देशभर १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकामा ८ सय ९ जना संक्रमित थपिएका थिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully