कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ३० कोरोना संक्रमित

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ३० कोरोना संक्रमित

काठमाडौंमा ४ सय ९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार देशभर १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकामा ८ सय ९ जना संक्रमित थपिएका थिए ।

प्रकाशित : मंसिर १६, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?