बुटवलको कोरोना अस्पतालमा दाङका संक्रमितको मृत्यु

मंसिर १६, २०७७

अमृता अनमोल

बुटवल — कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङकाे तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीय महिलाको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ती महिलाको मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याइएको थियो ।

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully