किमले चिनियाँ खोप लगाएको दाबी- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किमले चिनियाँ खोप लगाएको दाबी

एजेन्सी

वासिङ्टन — उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको एक अमेरिकी सुरक्षा विज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।

ह्यारी काजियानियासले एक लेख लेख्दै उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले चीनमा निर्माण गरिएको खोप हालै लगाएका दाबी गरेका हुन् । काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक हुन् ।

लेखमा उनले दुई जना जापानीलाई गोप्य स्रोतका रूपमा उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन ।

चीनमा हाल कोभिडविरुद्धका कम्तीमा तीन खोप परीक्षणका क्रममा छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन ।

उत्तर कोरियामा हालसम्म कोभिड–१९ को संक्रमणका विषयमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर उत्तर कोरियाले गत जनवरीदेखि आफ्नो देशका सीमामा सुरक्षा व्यवस्था निकै कडा पारेको छ ।

प्रकाशित : मंसिर १७, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

प्रोटोनको सोरुम अब काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियन कम्पनी प्रोटोनका गाडीको सोरुम काठमाडौंको नक्सालस्थित गैरीधारामा सुरु हुने भएको छ ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध गराउनेछ ।

नेपाली बजारमा प्रोटोनको सागा सेडान उपलब्ध हुने कम्पनीको भनाइ छ । त्यसपछि अन्य मोडलका सवारीसाधन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


प्रकाशित : मंसिर १६, २०७७ २२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×