२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चिनियाँ कोरोना खोप ब्राजिलले राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने

बीबीसी

साओपाउलो — ब्राजिलले चीनमा बनेको कोरोना खोपलाई राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने भएको छ । साओपाउलोका गभर्नर जोआओ डोरिआले ब्राजिलको संघीय सरकारले चीनमा बनेको कोरोना खोप कोरोनाभ्याकको ४ करोड ६० लाख डोज किन्ने निर्णय गरेको जानकारी दिएका छन् ।

चिनियाँ कोरोना खोप ब्राजिलले राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने

उनका अनुसार ब्राजिलमा राष्ट्रिय प्रतिरक्षा कार्यक्रम सन् २०२१ को जनवरीमा सुरु हुनेछ । यदि यो कार्यक्रम लागू भए कोरोना महामारीविरुद्ध राष्ट्रिय प्रतिरक्षा कार्यक्रम सञ्चालन गर्ने ब्राजिल पहिलो मुलुक बन्नेछ ।

कोरोना महामारीका कारण बढी प्रभावित मुलुकमध्येको एक हो ब्राजिल । ब्राजिलमा अहिलेसम्म ५२ लाख ७३ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोनाका कारणले एक लाख ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ४५ लाख २६ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलले चिनियाँ कम्पनी सिनोभाकले बनाएको कोरोना खोपका अलावा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको कोरोना खोप पनि प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।

चिनियाँ कोरोना खोप साओपाउलोस्थित रिसर्च सेन्टर बुटान्टान इन्स्टिच्युटले परीक्षण गरिरहेको छ । कोरोनाविरुद्धको चिनियाँ खोपको परीक्षण टर्की र इन्डोनेसियामा पनि भइरहेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : कार्तिक ५, २०७७ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?