२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्‍वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौँ — कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख ३ हजार ३ सय ९७ पुगेको छ ।

विश्‍वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड ३१ लाख ३० हजारभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ४८ लाखभन्दा बढी निको भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा आइतबार बिहानसम्म ५६ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब १९ लाख ८५ हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३५ लाख ८२ हजार संक्रमित भएका छन् भने एक लाख १४ हजारभन्दा बढी मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २९ लाख निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ७५ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब २२ लाख २२ हजार निको भएका छन् ।

चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ९ लाख ४९ रहेको छ । रुसमा कोरोना संक्रमणबाट १६ हजार २ सय ६८ जनाको मृत्यु भएको छ । रुसमा करिब ७ लाख ६५ हजार संक्रमित निको भएका छन् ।

शनिबार साँझसम्म नेपालमा कोरोना संक्रमणबाट १४६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ३१ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ भने १८ हजार ३ सय ५० जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमणको जिल्लागत विवरण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ७, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?