धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना

भाद्र ६, २०७७

नगेन्द्र अधिकारी

काभ्रे — वाग्मती प्रदेश सरकारले धुलिखेलमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना भाइरस लगायत अन्य रोगको परीक्षण र पहिचान गर्न प्रदेश सरकारले धुलिखेलमा प्रयोगशाला स्थापना गरेको हो ।

२४ सै घन्टा सेवा दिने प्रयोगशालाले एक दिनमा १ हजार स्वाब परीक्षण गर्न सक्ने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र झाका अनुसार ल्याबमा इन्फ्लुएन्जा, मलेरिया, डेंगुको समेत परीक्षण हुनेछ । ल्याबमा स्थायी र करार गरी २२ जनशक्ति कार्यरत छन् ।

प्रदेशका १३ वटै जिल्लाका लागि ल्याबले सेवा दिने प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरका स्वाबहरु परीक्षण हुनेछन् । प्रदेश सरकारले सिन्धुली र भक्तपुरमा पनि कोरोना परीक्षण्का लागि प्रयोगशाला निर्माण गर्न लागेको मन्त्री दुलालले बताए । 

संघीय सरकारले धुलिखेल अस्पताललाई कोभिड प्रयोशालाको रुपमा प्रयोग गरेको छ । जिल्लामा रहेका दुवै प्रयोगशालाका कारण जनता छिटो सेवा पाउने र समयमा नै रोग पहिचान हुने विश्वास उनको छ । 

प्रयोगशाला सञ्चलानको लागि धुलिखेल नगरपालिकाले चार वर्षका लागि भवन उपलब्ध गराएको छ ।

कोरोना भाइरस

नगेन्द्र

Link copied successfully