कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोना संक्रमितको संख्या बढेसँगै मेलबर्नमा पुन: लकडाउन

एजेन्सी

मेलबर्न — कोरोना भाइरस(कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिएपछि अस्ट्रेलियाको मेलबर्न सहरमा ६ हप्ता लकडाउन गरिने भएको छ । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजेदेखि लकडाउन लागू हुने भएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै मेलबर्नमा पुन: लकडाउन

भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एन्ड्रयूजले मंगलबार पत्रकार सम्मेलनमाफर्त बुधबारदेखि पुन: ‘स्टेज–३’ को लकडाउन गरिने घोषणा गरेका हुन् । ‘मानिसहरुलाई खाद्यान्न, कार्यालय जान, उपचारमा संलग्न र उपचार लिने जानेहरुलाई मात्र घर बाहिर निस्कने अनुमति पनि दिइनेछ,’ प्रिमियर एन्ड्रयूजले भने । केही समयअघि खोलिएका व्यापार व्यवसाय र रेस्टुरेन्टहरु भने बन्द गरिने भएको छ ।

शनिबारदेखि मेलबर्नका विभिन्न ९ वटा हाउजिङका ३ हजारभन्दा बढी मानिस ‘हार्ड लकडाउन’ मा छन् । उनीहरुलाई बाहिर निस्कन दिइएको छैन । उनीरुको परीक्षण भइरहेको र खाद्यान्नलगायतका आवश्यक बस्तु सरकारले उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।

भिक्टोरिया स्वास्थ्य विभागले दिएको जानकारीअनुसार सोमबार मात्रै राज्यमा थप १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिक्टोरियामा एकैदिन सबैभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको हो । योसँगै भिक्टोरियामा संक्रमितको संख्या २ हजार ८ सय २४ पुगेको छ ।

यसैबीच अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरुलाई चीनको यात्रा नगर्न चेतावनी दिएको छ । मंगलबार त्यहाँको विदेश मामिला तथा व्यापार विभागले एडभाइजरी जारी गर्दै चीनको यात्रा नगर्न चेतावनी दिएको छ ।

मंगलबारसम्म अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या ८ हजार ७ सय ५५ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये अस्ट्रेलियामा १०६ को जनाको मृत्यु भएको छ । अस्ट्रेलियाका अहिलेसम्म ७ हजार ४ सय ५५ जना निको भइसकेका छन् ।

प्रकाशित : असार २३, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?