कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगापुरले सबै नागरिकलाई ‘कन्ट्याक्ट ट्रेसिङ डिभाइस’ बाँड्ने

एजेन्सी

सिंगापुर — कोरोना भाइरस संक्रमणको ट्रेसिङका लागि सिंगापुर सरकारले प्रत्येक नागरिकलाई ‘डिभाइस’ बाँड्ने योजना अघि सारेको छ ।

सिंगापुरले सबै नागरिकलाई ‘कन्ट्याक्ट ट्रेसिङ डिभाइस’ बाँड्ने

कोरोना भाइरस संक्रमणको प्रभावकारी कन्ट्याक्ट ट्रेसिङका लागि सिंगापुर सरकारले सबै नागरिकलाई लगाएर हिँड्न मिल्ने ‘डिभाइस’ बाँडिने सिंगापुरको ‘स्मार्ट नेसन इनिसियटिभ’ का इन्चार्ज डाक्टर भिभियन बालाकृष्णनले जानकारी दिएका छन् । उनले शुक्रबार उक्त डिभाइसको परीक्षण भइरहेको र सफल भएर ५७ लाख नागरिकलाई बाँडिने बताएका हुन् ।

सिंगापुरले यसअघि कुनै संक्रमितको सम्पर्कमा आउलेबित्तिकै ‘अलर्ट’ गर्ने ‘ट्रेस टुगेदर’ नामक मोबाइल एपको विकास गरिसकेको छ । ब्लू–टूथमा आधारित यो डिभाइसको प्रयोग भने कम भएको छ । यो एपका लागि मोबाइल अनिवार्य चाहिने तर नयाँ डिभाइसका लागि मोबाइल नचाहिले डाक्टर बालाकृष्णनले बताएका छन् । यो डिभाइस ब्याट्रीबाट चल्ने र लगाएर हिँड्न सहज हुने भएकाले प्रभावकारी हुने दाबी गरे । वास्तविक कन्ट्याक्ट ट्रेसिङ हुन नसक्दा कोरोना संक्रमितको पहिचानमा समस्या भएको बताउँदै बालाकृष्णनले नयाँ डिभाइसको परीक्षण सफल भए निकै ठूलो उपलब्धि हुने बताए ।

सिंगापुरमा हालसम्म ३६ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिंगापुरमा हालसम्म २४ जनाको मृत्यु भएको छ भने २३ हजार ९ सय ४ जना निको भएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?