तनहुँमा थपिए २ संक्रमित 

जेष्ठ २३, २०७७

कान्तिपुर संवाददाता

पोखरा — तनहुँमा थप दुई कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३९ र ४० वर्षका दुईजनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरुलाई सरकारी अस्पतालको आइसोलेसनमा लगिने स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताए । योसँगै तनहुँमा संक्रमितको संख्या ३ पुगेको छ भने गण्डकी प्रदेशभरी ५६ । त्यसमध्ये तीनजना निको भएर घर फर्किएका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully