कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियामा कोरोनाविरुद्धको खोप परीक्षण

एजेन्सी

सिड्नी — यसै वर्षको अन्त्यसम्ममा कोरोना भाइरस (कोभिड–१९) को प्रामाणिक खोप तयार गर्ने लक्ष्यका साथ एक अमेरिकी कम्पनीले अस्ट्रेलियामा परीक्षण सुरु गरेको छ । बुधबार सुरु गरिएको परीक्षणअन्तर्गत पहिलो चरणको परीक्षणमा अस्ट्रेलियामा १ सय ३१ जना स्वयंसेवीलाई खोप दिइने अमेरिकी कम्पनी नोभाभाक्सले जनाएको छ ।

अस्ट्रेलियामा कोरोनाविरुद्धको खोप परीक्षण

कम्पनीका अनुसन्धान प्रमुख डा. ग्रेगरी ग्लेनले पहिलो चरणमा खोप लिएकाहरूमा यसको प्रभावकारिता परीक्षण गरी अन्य कदम चालिने बताएका छन् ।

ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भनेका छन्,‘हामी समानान्तर डोज बनाउँदैछौं र हामी यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौं ।’

कोरोना भाइरसविरुद्ध विश्वभरका दर्जनौं वैज्ञानिकले खोप परीक्षण गरिरहेका छन् । यसका लागि खासगरी अमेरिका, बेलायत, चीन, इजरायल, सिंगापुर र केही युरोपेली देश अग्रपंक्तिमा छन् । तर अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । वैज्ञानिकहरूले खोप निर्माणका लागि लामो समय लाग्ने बताइरहेका छन् ।

पशुहरूमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको ग्लेनको भनाइ छ । नोभाभाक्सले यस वर्ष कम्तीमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १.५ अर्ब डोज उत्पादन गर्ने उनको भनाइ छ । ‘एनभिएक्स कोभ–२३७३’ नाम दिइएको खोपको उत्पादन गर्न गत मार्चयता नर्वेस्थित एक संस्थाले ३८ करोड ८० लाख डलर लगानी गरिसकेको छ,’ ग्लेनले भने ।

मेलबर्न र ब्रिसबेनमा क्लिनिकल परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा प्राप्त हुने अपेक्षा गरिएको नोभाभाक्सले जनाएको छ । त्यसपछि विभिन्न मुलुकका हजारौं व्यक्तिलाई दोस्रो चरणको परीक्षणका लागि समावेश गरिनेछ ।

अस्ट्रेलियाको सहयोगी संस्था न्युक्लियस नेटवर्कका संक्रामक रोग विशेषज्ञ पल ग्रिफिनले मेलबर्नमा ६ जना स्वयंसेवीलाई खोप दिएर कार्यक्रम सुरु गरिएको जनाए

सम्बन्धित समाचार

कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणको दौडमा को-को छन् ?

प्रकाशित : जेष्ठ १५, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?