३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोना प्रकोप : अमेरिकाको न्युयोर्क राज्यमा मात्रै एक लाख ५९ हजारभन्दा बढी संक्रमित

एजेन्सी

न्युयोर्क — शुक्रबार बिहानसम्म अमेरिकाको न्युयोर्क राज्यमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५९ हजार ९ सय ३७ पुगेको छ । यो संख्या अमेरिकाबाहेकका विश्वका कुनै पनि देशमा पुष्टि भएका संक्रमितको संख्याभन्दा धेरै हो ।

कोरोना प्रकोप : अमेरिकाको न्युयोर्क राज्यमा मात्रै एक लाख ५९ हजारभन्दा बढी संक्रमित

स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५३ हजार २ सय २२ पुगेको छ भने इटालीमा एक लाख ४३ हजार ६ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने करिब ८२ हजारमा संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये चीनमा करिब ७८ हजार निको भएका छन् ।


शुक्रबार बिहानसम्म अमेरिकाभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ६६ हजारभन्दा बढी पुगेको छ भने १६ हजार ६ सय ९० को मृत्यु भएको छ । अमेरिकामा झन्डै २६ हजार निको भएका छन् । जोन होप्किन्स विश्वविद्यालयले जनाएअनुसार न्युयोर्कमा मात्रै करिब ७ हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । न्युयोर्कमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुलाई सामूहिक रुपमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्न नसक्ने र आफन्त नभएका मृतकको शव हार्ट टापुमा सामूहिक रुपमा दाहसंस्कार गरिएको हो ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वका २ सयभन्दा बढी देशमा फैलिइसकेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरको तथ्यांकअनुसार शुक्रबार बिहानसम्म १६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजार ७ सय ३१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये करिब ३ लाख ५५ हजार निको भएका छन् ।

प्रकाशित : चैत्र २८, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?