कोरोना प्रकोप : ४ लाख बढी स‌ंक्रमित, करिब १९ हजारको मृत्यु

इटालीमा मात्रै ६,८२० को मृत्यु
एजेन्सी

रोम — कोरोना भाइरस(कोभिड–१९ं को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या करिब ७ हजार पुगेको छ । मंगलबार मात्रै इटालीमा कोभिड–१९ को संक्रमणबाट ७ सय ४३ जनाको मृत्यु भएको छ ।

कोरोना प्रकोप : ४ लाख बढी स‌ंक्रमित, करिब १९ हजारको मृत्यु

यसअघि इटालीमा गत शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो । सोमबार भने इटालीमा ६ सय २ जनाको मृत्यु भएको थियो ।

बुधबार बिहानसम्म इटालीका कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ । त्यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना संक्रमित भएका छन् । इटालीमा करिब ८ हजार संक्रमित निको भएका छन् ।

त्यस्तै स्पेनमा पनि मंगलबार मात्रै थप ५ सयभन्दा बढीको मृत्यु भएको छ । बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या २ हजार ९ सय ९१ पुगेको छ । स्पेनमा संक्रमितको संख्या ४२ हजार ५८ रहेको छ भने ३ हजार ७ सयभन्दा बढी निको भएका छन् ।

त्यस्तै संक्रमणको हिसाबले चीन र इटालीपछि तेस्रो नम्बरमा रहेको अमेरिकामा बुधबार बिहानसम्म ७ सय ८२ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या ५४ हजार ८ सय ६७ पुगेको छ ।

चीनमा भने पछिल्लो समय कोभिड–१९ को प्रकोप कम हुँदै गइरहेको छ । मंगलबार चीनमा थप ४ जनाको मात्रै मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । त्यस्तै मंगलबार थप ४७ जनामा भाइरसको संक्रमण देखिएको छ ।

बुधबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८१ पुगेको छ । ८१ हजार २ सय १८ मध्ये ७३ हजार ६ सय ५० जना निको भएको पनि आयोगले जानकारी दिएको छ ।

गत डिसेम्बरमा चीनकाे वुहानबाट सुरु भएकाे काेभिड-१९ का कारण अहिलेसम्म १८ हजार ९ सय ७ जनाको मृत्यु भइसकेकाे छ । त्यस्तै ४ लाख २२ हजारभन्दा बढी संक्रमित हुँदा एक लाख ९ हजारभन्दा बढी निको भएका छन् ।

यी हुन कोभिड–१९ बाट अति प्रभावित १० मुलुक

देशसंक्रमितमृत्यु
चीन ८१,२१८
३,२८१
इटाली६९,१७६६,८२०
अमेरिका५४,८६७७८२
स्पेन४२,०५८२,९९१
जर्मनी३२,९९११५९
इरान२४,८८११,९३४
फ्रान्स२२,३०४१,१००
स्विजरल्यान्ड९,८७७१२२
दक्षिण कोरिया९,१३७१२६
बेलायत८,०७७४२२


प्रकाशित : चैत्र १२, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?