१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

इरानका २३ सांसदलाई कोरोना संक्रमण

एजेन्सी

तेहरान — इरानमा २३ जना सांसदमा कोभिड–१९ संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुई साता पहिले पहिलो संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहे पनि २३ जना सांसद नै संक्रमित भएको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले बताए ।

इरानका २३ सांसदलाई कोरोना संक्रमण

केही दिनअघिपनि इरानका उपस्वास्थ्यमन्त्री रउपराष्ट्रपतिमै कोरोना संक्रमणको पुष्टि एको थियो । संक्रमितको संख्यामा वृद्धि भएपछि इरानकासर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पहिलोपटक सबै नागरिकलाई भाइरसबाट बच्नव्यक्तिगत सरसफाइलगायत रोकथामका अन्य उपायलाई अवलम्बन गर्न आग्रह गरेका छन् ।

बुधबार बिहानसम्म इरानमा कोभिड-१९ कोसंक्रमणबाट ७७ जनाको मृत्यु भएको इरानी सञ्‍चार माध्यमले जनाएका छन् । त्यस्तै इरानमा २ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ

फ्रान्समासांसदलाई संसद् प्रवेशमा निषेध

कोभिड१९ संक्रमण हुन सक्नेअशंकामा फ्रान्सको माथिल्लो सदनका दुई सांसदलाई संसद् भवन छिर्न निषेध गरिएको छ ।कोभिड१९संक्रमण देखिएका वाज प्रान्तस्थित क्रेपी आ भाल्वाका मेयर ब्रुनो फोर्तियसँग एउटाबैठकका क्रममा कुम जोडिएको भन्दै वाज प्रान्तका सांसद पियर भाताँसहित दुई जनालाईमाथिल्लो सदन प्रवेशमा रोक लगाइएको हो । बैठकमा बस्दा कुम छोइएको र हात मिलाइएकालेआफूमा पनि कोरोना सरेको हुन सक्ने भयले संसदमा उपस्थित हुन नहुने तर्क आफूलाई उचितलागेको पियर भाताँले ट्वीटरमार्फत जानकारी गराएका छन् ।

मेयरब्रुनोसित बैठक बस्दा हात मिलाएँ । कुम जोडें । उनलाई कोरोना संक्रमण भएको पछिथाहा भयो । उनीबाट संक्रमित हुन सक्ने भएकोले मलगायत हाम्रो क्षेत्रका अन्य एकसांसदलाई संसद् नछिर्न भन्नु जायज हो । हामीले सार्वजनिक स्वास्थ्यका लागि हेक्काराख्नुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै संसद्को वेबसाइटमा उल्लेख छ ।

फ्रान्सकोसंसद्ले कुनै पनि राजनीतिज्ञलाई हात मिलाउने, कुम जोड्ने, चुम्बन गर्नेलगायतकाशारीरिक निकटता नदेखाउन आह्वानसमेत गरेको छ ।

यसैबीच,कोरोना संक्रमणदेखिएसँगै फ्रान्समा मास्क र हाइड्रोअल्कोलिक जेलको मूल्यमा कालोबजारी भएको छ ।वितरक र व्यापारीले मास्क र हाइड्रोअल्कोलिक जेल हुँदाहुँदै पनि बजारमा अभाव भएकोदेखाएर चर्को मूल्य असुलेका छन् । सर्वसाधारण र स्वास्थ्य क्षेत्रका विज्ञबाटव्यापक गुनासो आएपछि फ्रान्सेका अर्थमन्त्री ब्रुनो ल मेरले सरकारले वितरकसहितकोबैठक राखेका थिए ।

कोभिड१९ फैलिएपछि मास्क रहाइड्रोअल्कोहोलिक जेलमा व्यापक मूल्य बढेको विषय आफूलाई जानकारी भएको भन्दैवितरकलाई मूल्य नबढाउन, अभाव सृजना नगर्न पनि निर्देशन दिँदै उनले नमाने कडाकारबाहीको चेतावनी पनि दिएका छन् ।

बुधबार बिहानसम्म फ्रान्समा कोभिड-१९ले ४ जनाको मृत्यु भएको छ भने २ सय १२ जना संक्रमित भएका छन्

प्रकाशित : फाल्गुन २१, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?