कोरोना भाइरसको औषधि तयार हुन ६/७ महिना लाग्छ : अमेरिकी उपराष्ट्रपति

फाल्गुन २१, २०७६

एजेन्सी

वासिङ्टन — अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरस (कोभिड–१९) को औषधि अगस्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् ।

कोभिड१९ को खोप यस वर्षको अन्त्यसम्म वा अर्को वर्ष मात्रतयार भए पनि संक्रमितलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आउँदो अगस्ट वासेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,’ उपराष्ट्रपति पेन्सले बताएका छन् । उनलेकोभिड१९ को खोपको क्लिनिकल परीक्षण ६ सातापछि आरम्भ हुनेजानकारी पनि गराएका छन् ।

बुधबार बिहानसम्म कोभिड-१९ बाट अमेरिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।  मृत्यु हुनेमध्येसबै वासिङ्टन राज्यका रहेका छन् । मृत्यु हुनेमा ८ जना किंग काउन्टी र एक जनानोहोमिश काउन्टीका रहेका छन् । बुधबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या १२२पुगेको छ ।

संक्रमण बढ्दै गएपछि फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिकस्वास्थ्य आपत्‌कालीन स्थिति घोषणा गरिएको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully