कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकलाई कोरोना संक्रमण

एजेन्सी

सोल — दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । दक्षिण कोरियामा रहेको युनाइटेड स्टेड फोर्सेज कोरिया(यूएसएफके) मा कार्यरत अमेरिकी सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको यूएसएफकेको जनसम्पर्क विभागले जानकारी दिएको छ ।

दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकलाई कोरोना संक्रमण

दक्षिण कोरियाको क्याम्प क्यारोलमा रहेका २३ वर्षीय सैनिकलाई कोरोना संक्रमण देखिएको हो । यूएसएफके र कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्र(केसीडीसी) का स्वास्थ्यकर्मीहरुले उनको स्वास्थ्य क्याम्पमा रहेका अन्य सैनिकमा संक्रमण भएको नभएको जाँच गरिरहेका छन् । कोरियाली प्रायद्वीपमा रहेका अमेरिकी सेनामा संक्रमण नहोस् भनेर पूर्ण रुपमा सावधानी अपनाइएको यूएसएफकेले जनाएको छ ।

अमेरिकी सेनाको बेस क्याम्प ‘क्याम्प क्यारोल’ दक्षिण कोरियाली सहर डेइगुबाट २२ किलोमिटर मात्रै टाढा रहेको छ । जहाँ कोरोना भाइरसको प्रकोप फैलिइरहेको छ । ती सैनिक डेइगुबाट ४ किलोमिटर टाढा रहेको क्याम्प वाकर पनि पुगेको यूएसएफकेले जानकारी दिएको छ ।

पछिल्लो समय चीनमा तुलनात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम भए पनि दक्षिण कोरिया, इटाली र इरानमा भने बढी देखिएको छ । दक्षिण कोरियामा मंगलबार थप १६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार बिहानसम्म दक्षिण कोरियामा एक हजार एक सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार बिहानसम्म दक्षिण कोरियामा १२ जनाको मृत्यु भएको छ ।


त्यस्तै इरानमा बुधबार बिहानसम्म १६ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जनाको कोरोना संक्रमण देखिएको छ । इटालीमा ११ जनाको मृत्यु भएको र ३२३ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सम्बन्धित समाचार

कोरोना भाइरस : विश्‍वव्यापी महामारीको चिन्ता, इरानका उपस्वास्थ्यमन्त्री नै संक्रमित

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?