कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरस : विश्‍वव्यापी महामारीको चिन्ता, इरानका उपस्वास्थ्यमन्त्री नै संक्रमित

इरानमा १६, दक्षिण कोरियामा ११ को मृत्यु
एजेन्सी

बेइजिङ — चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस प्रकोपले विश्‍वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ । पछिल्ला केही दिन चीनबाहिर पनि संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि यस्तो चिन्ता व्यक्त गरिएको हो । चीनले अन्य क्षेत्र र राष्ट्रमा संक्रमण नफैलियोस् भनेर रोकथाम र सुरक्षाका विभिन्न उपाय अपनाए पनि विश्वका लगभग ३४ देशमा भाइरस संक्रमण पुगिसकेको छ ।

कोरोना भाइरस : विश्‍वव्यापी महामारीको चिन्ता, इरानका उपस्वास्थ्यमन्त्री नै संक्रमित

पछिल्ला केही दिन चीनबाहेक इरान र दक्षिण कोरियाका साथै इटालीमा कोरोनासंक्रमितको संख्यामा वृद्धि भएको छ । मंगलबारसम्ममा इरानमा १६ संक्रमितको मृत्युभएको छ । यो चीनबाहिर कोरोना संक्रमणका कारण मृत्यु हुनेमध्येको सबैभन्दा ठूलोसंख्या हो । ९५ जनामा संक्रमण पुष्टि भएको इरानको स्वास्थ्य मन्त्रालयले उल्लेखगरेको छ । उपस्वास्थ्यमन्त्री एवं संक्रमण रोकथाम तथा नियन्त्रण अभियानका प्रमुखइरार हारिर्चीमा नै कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ताले जनाएकाछन् ।

त्यसैगरी, दक्षिण कोरियामा कोरोनाले १ जनाको मृत्यु भएको छ भने एक हजार एक सय ४६ संक्रमित भएका छन् । इटालीमा ११ जनाको मृत्यु र सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।जापानमा ८ सय ५ जना(डायमन्ड प्रिन्सेस क्रुजसमेत) भाइरसबाट संक्रमित भएका छन् ।जापानमा हालसम्म जनाकोमृत्यु भइसकेको छ ।

बहराइन, लेबनान, कुवेत र अफगानिस्तानजस्ता राष्ट्रमा पहिलोपटक कोरोनाको संक्रमण पाइएका तीदेशका स्वास्थ्य कार्यालयले बताएका छन् । इराकले पनि सोमबार कोरोनाका कारणपहिलोपटक एक जनाको मृत्यु भएको जनाएको छ । इरानबाट आएकी एक वृद्ध महिलाको मृत्युभएको उसले जनाएको छ ।

कोरोना संक्रमणको प्रभाव एसिया, युरोप र मध्यपूर्वमा धेरै देखिएकाले विस्तारैविश्वका विभिन्न भागमा खतरा उत्पन्न हुनसक्ने भन्दै विश्व महामारीको चिन्ता व्यक्तगरिएको छ । कुनै पनि संक्रामक रोगले विश्वमा एकैपटक खतरा उत्पन्न गरायो भनेत्यसलाई प्यान्डेमिकवा विश्वव्यापीमहामारी भन्ने गरिए पनि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस प्रकोपलाई तत्कालविश्वव्यापी महामारी घोषणा गर्ने तयारी नभएको उल्लेख गरेको छ । उसले कोरोनासंक्रमणलाई अन्तर्राष्ट्रिय आपत्‌काल भने यसअघि नै घोषणा गरिसकेको छ । इरान, इटाली र दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भइरहेको प्रति हामी सचेत छौं,’ संगठनका प्रमुख ट्रेडोस अदानमगेहब्रेयससले बताएका छन् । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा कोरोना संक्रमणफैलिए नियन्त्रणमा ल्याउन अप्ठेरो हुने र त्यसले भयावहको अवस्था सिर्जना हुनेविश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।

प्रतिबन्ध खुकुलो गर्दै चीन

चीनले कोरोनाका नयाँ संक्रमित संख्यामा कमी हुन थालेपछि आवतजावतमाथिकोप्रतिबन्ध खुकुलो गर्दै लगेको छ । रोग रोकथाम तथा नियन्त्रण केन्द्रका अधिकारीलियु सियाओफेङका अनुसार प्रतिबन्ध फुकुवा गरिएसँगै सुपरमार्केटहरू व्यस्त देखिनथालेका छन् । डिसेम्बरयता पहिलोपटक बेइजिङ र सांघाईसहित २० प्रान्तमा कोरोनासंक्रमितको संख्या शून्य भएको उसले जनाएको छ । कोरोनाको उद्गमस्थल हुबेईप्रान्तलाई छोडेर अन्य प्रान्तलाई हेर्ने हो भने चीनमा सोमबार मात्र ९ जनामासंक्रमण पाइएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । हालसम्म चीनमा कोरोनाले २ हजार सय १५ जनाको मृत्यु भएको छ र ७ हजार ६ संक्रमित भएका छन् ।

कोरियामा नेपाली संघसंस्थाको सचेतना

कोरियामा रहेका नेपालीलाई लक्षित गर्दै विभिन्न संघसंस्थाले सामाजिकसञ्जालमार्फत कोरोनाबारे सूचनामूलक विवरण राख्न सुरु गरेका छन् । यस्तो बेलामा हामीलेनेपालीलाई सचेत गर्न सामाजिक सञ्जाल प्रयोग गरिहेका छौं । चिकित्सकसँग कुराकानीगरिरहेका छौँ,’ गैरआवासीय नेपाली संघका महासचिव विमल सुवेदीले भने ।

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीका अनुसार मन्त्रालयलेराजदूतावासमार्फत कोरियामा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ ।राजदूतावासलेत्यहाँ रहेका नेपालीको निगरानी गरिरहेका छन्,’ उनले भने, ‘त्यसबाहेक मन्त्रालयलेअन्य कुनै निर्णय गरेको छैन ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?