कोरोना संक्रमण : इरानमा मृतकको संख्या ५ पुग्यो

फाल्गुन १०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट इरानमा मृतकको संख्या ५ पुगेको छ । इरानमा कोरोनाको संक्रमणबाट शनिबार थप एकजनाको मृत्यु भएको हो ।

इरानमा कोरोना भाइरसको संक्रमण २८ जनामा रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार योसँगै कोरोनाबाट संसारभरमा मर्नेको संख्या २ हजार ३६२ पुगेको छ ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दुर प्रयास गरिरहेको जानकारी दिएका छन् ।

कान्तिपुर

Link copied successfully