कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना प्रकोप : दक्षिण कोरियामा उच्च सतर्कता

कोरोना भाइरस संक्रमित बढ्दै  
डाइगु र चेयोङडो सहर विशेष हेरचाह क्षेत्र घोषित
सहरका मल, व्यापारिक प्रतिष्ठान र सडक बन्द
एजेन्सी

सोल — दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि भएपछि उच्च सतर्कता अपनाइएको छ । भाइरस संक्रमित डाइगु र चेयोङडो  सहरलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ । संक्रमण फैलन नदिन सडक पूर्ण रूपमा बन्द गरिएका छन् र २५ लाखभन्दा बढी मानिसलाई घरमै बस्न भनिएको छ ।

कोरोना प्रकोप : दक्षिण कोरियामा उच्च सतर्कता

केन्द्र सरकारले उक्तक्षेत्रमा थप स्वास्थ्यकर्मी र आइसोलेसन सुविधा पठाउने भएको छ । मानिस भेला हुनेसहरका मल,व्यापारिक प्रतिष्ठान र अन्य क्षेत्र शुक्रबार लगभग बन्द भएका छन् । तीनजनासैनिकमा पनि भाइरस संक्रमण पुष्टि भएपछि सेनालाई निश्चित घेरामा सीमित गरिएको छ ।

दक्षिण कोरियामा शुक्रबार थप १४२ मा कोरोना संक्रमणपाइएसँगै संक्रमितको संख्या ३४६ पुगेको छ । अधिकांश संक्रमित डाइगु सहरकै भएकोसरकारी अधिकारीले बताएका छन् । संक्रमित एक महिला धार्मिक कार्यक्रममा पुगेपछिभाइरस संक्रमण फैलिएको डाइगुका मेयर क्वोन योङजीनले जनाएका छन् । ६१वर्षीया ती महिलाको बुधबारै मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा सहभागीलाईपनि संक्रमण भएको कोरियाको संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले उल्लेखगरेको छ । हालसम्म संक्रमितहरू धेरै चीनमा छन् भने त्यसपछि जापानको समुद्री तटमारोकिएको डाइमन्ड प्रिन्सेस क्रु पानीजहाजमा छन् । संक्रमितको संख्या धेरैरहेकोमध्ये कोरिया तेस्रो स्थानमा छ । पानीजहाजमा ६ सय ३० जनामा संक्रमण पाइएको छ ।

यसैबीच युक्रेनमा चीनबाट उद्धार गरेर ल्याइएका मानिस सवारगाडीमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । नोभी सान्जारी सहरमा क्वारेन्टाइनमाराख्न लाँदै गर्दा आक्रमण भएको हो । उनीहरूमा भाइरस संक्रमण छ भन्ने अफवाहफैलिएपछि प्रदर्शनमा उत्रिएकाले आक्रमण गरेका हुन् । स्वास्थ्य अधिकारीले भनेउद्धार गरिएका कसैमा संक्रमण नभएको प्रस्ट्याएको छ ।

चीनमा उच्च अधिकारी बर्खास्त

कोरोना भाइरस फैलिएको चीनमा बिहीबार पुनः संक्रमितकोसंख्यामा वृद्धि भएको छ । बुधबार ३९४ संक्रमित पाइएकामा बिहीबार ८८९ जनामा संक्रमणपुष्टि भएको छ भने थप ११८ जना र शुक्रबार १०९ जनाको मृत्यु भएको छ । योसँगैकोरोना भाइरसका कारण चीनमा मृतकको संख्या २ हजार सय ४५ पुगेको छ ।

हुबेईबाहिर सान्डोङ र झेजियाङ प्रान्तस्थित दुई कारागारमाकोरोना संक्रमित पाइएपछि संक्रमण दर पुनः बढेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलेउल्लेख गरेको छ । अधिकारीले शुक्रबार जनाएअनुसार कारागारमा रहेका २ सय ३४ जनामाकोरोना संक्रमण देखिएको हो । कारागारभित्र ठूलो संख्यामा संक्रमित पाइएपछिजिम्मेवारी पूरा नगरेको भन्दै चीनले उच्च अधिकारीलाई बर्खास्त गरेको छ । हुबेईकाकारागारमा पनि २ सय ७१ जनामा कोरोना संक्रमण पाइएको अधिकारीले बताएका छन् ।

डिसेम्बर यता चीनमा १ हजार ७ सयभन्दा बढी स्वास्थ्यकर्मीकोरोनाबाट संक्रमित भएका छन् । भाइरस प्रभावित क्षेत्रमै खटिदाँ हालसम्म ६ जनास्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । चीनबाहिर २६ देशमा १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको रहालसम्म १ जनाको मृत्यु भएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?