काेराेना प्रकाेप : मृतकको संख्या १६ सय नाघ्याे, ६९ हजार बढी संक्रमित

फाल्गुन ४, २०७६

एपी

बेइजिङ — चीनको वुहानबाट फैलिएको कोरोना भाइरबाट संसारभर ६९ हजार बढी मानिस संक्रमित भएका छन् । पछिल्लाे तथ्या‌ंकअनुसार  ६९ हजार १९५ जना मानिसमा काेराेना संक्रमण फैलिएकाे छ भने १६ सय ६९ जनाकाे भाइरसकै कारण मृत्यु भइसकेकाे छ ।

काेराेना संक्रमितमध्ये ९ हजार ४ सय ६५ जना निको भइसकेका छन्।

विभिन्न देशका सरकारी स्वास्थ्य अधिकारीहरुले उपलब्ध गराएको तथ्यांक अनुसारको विवरण यस प्रकार छ ।

कहाँ कति संक्रमित ?

चीन- १,६६५ मृत्यु, ६८,५०० संक्रमित

हङकङ-  १ मृत्यु, ५६ संक्रमित

जापान- १ मृत्यु, ३३७ संक्रमित

फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित

फ्रान्स-  १ मृत्यु, १२ संक्रमित

संक्रमित मात्रै

मकाउ- १० 

सिंगापुर- ७२

थाइल्यान्ड- ३४

दक्षिण कोरिया- २९

मलेसिया- २२

ताइवान- १८

भियतनाम- १६

जर्मनी- १६

अमेरिका- १५

अस्ट्रेलिया- १४

बेलायत- ९ 

यूएई- ८

क्यानडा- ८

भारत- ३

इटाली- ३

रुस- २

स्पेन- २

बेल्जियम- १

नेपाल- १

श्रीलंका- १

स्वीडेन- १

कम्बोडिया- १

फिनल्यान्ड- १

इजिप्ट- १

एपी

Link copied successfully