ज्वरो देखिएपछि ६ नेपाली वुहानमै रोकिए, १७५ जना लिएर विमान उड्यो [अपडेट]

स्वरूप आचार्य

काठमाडौँ — कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्या देखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।

ज्वरो देखिएपछि ६ नेपाली वुहानमै रोकिए, १७५ जना लिएर विमान उड्यो [अपडेट]

नेपाली लिन शनिबार साँझ वुहान पुगेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान चढ्ने ४ जना नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएका हुन् भने बाँकी दुई भने एकै परिवारका रहेकाले रोकिएका हुन् ।


राजदूतावासस्थित स्रोतका अनुसार वुहानमा बसोबास गर्ने ३ जनासदस्य रहेको एक परिवारको बुवालाई ज्वरो देखिएपछि आमा र बच्चा पनि उतै बसेका हुन् भने बाँकी ३ वुहान बाहिरका विद्यार्थी हुन् ।

शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो । विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो । उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए ।


प्रकाशित : फाल्गुन ३, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?