कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनाको डरले 'मोबाइल कंग्रेस' रद्द

एजेन्सी

बार्सिलोना — स्पेनको बार्सिलोनामा हुँदै आएको मोबाइल उत्पादक कम्पनीहरुको विश्व सम्मेलन 'वर्ल्ड मोबाइल कंग्रेस' यस वर्ष रद्द गरिएको छ ।

कोरोनाको डरले 'मोबाइल कंग्रेस' रद्द

फेव्रुअरी २४ देखि २७ सम्म हुने भनिएको सम्मेलन एक दर्जनभन्दा बढी मोबाइल र अन्य कम्पनीहरुले कोरोनाको त्रास देखाउँदै आफ्ना प्रतिनिधि नपठाउने भएपछि रद्द भएको हो। कोरोनाको डरले रद्द भएको यो अहिलेसम्मको ठूलो समारोह हो ।


बुधबार दिउसोसम्ममा नोकिया, फेसबुक, डच टेलिकम, भोडाफोन , इन्टेल , एलजी , सोनी र अमेजन लगायतले सम्मेलन सुरक्षित नभएको भन्दै आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेका थिए । भोडाफोनले एक विज्ञप्ति जारी गर्दै खतराको मात्रा मापन गर्न नसकिएकाले आफ्ना कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै सहभागी नहुने निर्णय गरिएको जनाएको छ ।


स्पेनमा हालसम्म कोरोनाका जम्मा दुईजना विरामी देखिएका छन् । स्पेनका स्वास्थ्यमन्त्रीले स्वास्थ्य संकटकाल घोषणा गर्न बुधबारमात्रै अस्वीकार गरेका थिए । सम्मेलन रद्द हुँदा आयोजक र बार्सिलोना सहरलाई ठूलो आर्थिक घाटा हुने बताइएको छ ।


समाचारहरुमा जनाइएअनुसार सम्मेलनमा चीनियाँ कम्पनी हुबावेका मात्रै ५ देखि ६ हजार कर्मचारी प्रतिनिधि उपस्थित हुने तयारी थियो । यसैको डरले अन्य कम्पनीहरु पछि हटेका हुन् ।

सम्मेलन आयोजकले पछिल्लो दुई हप्तामा चीन भ्रमणमा गएका कसैलाई पनि प्रवेश नदिने बताएका थिए ।

प्रकाशित : फाल्गुन १, २०७६ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?