कोरोना प्रकोप : चीनमा ८९ नयाँ संक्रमितको मृत्यु

माघ २६, २०७६

एजेन्सी

बेइजिङ — कोरोना भाइरसबाट शनिबार मात्रै चीनमा ८९ नयाँ संक्रमितको मृत्यु भएको चीन सरकारले बताएको छ । चीनमा शुक्रबार ८६ जनाको मृत्यु भएको थियो । शनिबारका मृतकहरुमध्ये प्राय हुवेई प्रान्तका मानिसहरु छन् ।

कोरोना प्रकोपबाट संसारभर ८१३ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो सँगै कोरोनाबाट मृतकको संख्या सार्स संक्रमणबाट विश्वभर मर्नेहरुको संख्याको बराबरीमा पुगेको छ । 

काेराेना प्रकाेप


कोरोनाबाट स‌ंसारभर  ३७ हजार ५ सय ५२ जना संक्रमित छन् भने चीनमा मात्रै ३७ हजार १ सय ९८ जना संक्रमित छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काेराेनाका २ हजार १ सय ५२ जना संक्रमितहरु निकाे भइसकेका छन् ।

एजेन्सी

Link copied successfully